सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन् ।

उनीहरूबिचको छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ । काँग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।