काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ आइपुगेका छन् ।
हिजो रिहा भएका रविले चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर केही बेर अघि काठमाडौँ आइपुगेका हुन् । लामिछानेले विमानस्थलबाटै जेन जेड घाइते र शहीद परिवारलाई भेट्ने बताइएको छ । त्यस्तै, उनलाई पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।
‘मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दा लगाउने सरकार अपदस्त भई हेलिकप्टरमा झुन्डिएर भाग्नु परेको बताएका छन्। शनिवार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मलाई धेरै कुरा भन्नु छ। धेरै कुरा भन्नु पनि छैन। किनकि लामो समय कारागारमा बसेँ। म माथिको मुद्दाहरूको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे। तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु। तर मलाई केही पनि फरक पर्दैन,’ उनले भने।


प्रतिक्रिया