निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्: प्रचण्ड

निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्: प्रचण्ड

'हामीमाथि खेलाची ठानियो भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । शनिवार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन गराउने कामलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिएका हुन् ।

संयोजक दाहालले मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र त्यसपछि धकेल्ने काम सरकारले गरे त्यसको विरुद्ध आफूहरू सडक सङ्घर्षमा जाने समेत बताए । उनले निर्वाचन पछि धकेलेर सरकारले फेरी संविधान मिच्ने काम गर्न नहुने दोहोर्याए ।

उनले भने ‘हामीले भनेका छौ–सहज ढंगले निर्वाचन सम्पन्न होस । सरकारलाई हामी भन्न चाहन्छौ–तपाईँहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नु होला । यदि तपाईँहरूले संविधान बारबार मिच्ने, एक चोटि त मिचिइसकिएको छ । त्यसमा हामीले देशको असहज स्थितिलाई हेरेर यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो । तर फेरी यो सरकारले निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्योभने फेरि संविधान मिचिन्छ । यो काम गर्‍यो भने हामी चुप लागेर बस्ने छैनौ । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरियोस् । यदि त्यसो गरिएन भने, ‘हामीमाथि खेलाची ठानियो भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’

संयोजक दाहालले निर्वाचनलाई अघि बढाउने कुरामा कसैले पनि व्यवधान खडा गर्न नहुने बताए ।