हामीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल

हामीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी जनताको सपना साकार पार्ने अभियानमा छ कि छैन ? भन्नेकुराको अग्नी परीक्षामा सहभागी हुन पनि आगामी निर्वाचनमा जनताले बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने जिकिर गरे ।

नेपाली जनताले आगामी निर्वाचनमा बहुमत दिए आफूहरूले जनताको सपना साकार पार्ने सहसंयोजक नेपालको दाबी थियो । उनले आफूहरूले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार अघि बढ्ने संकल्प लिएकोसमेत बताए ।