काठमाडौं । उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले जाँचबुझ आयोगले बोलाउँदा देश ठप्प पार्छौं भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेकी छन । आज (शनिबार) चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा नेतृ विश्वकर्माले ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति व्यक्त गरेकी हुन ।
उनले देश कुनै कुटी नभएको भन्दै जसले पनि खुल्न र ठप्प पार्न सक्छ भन्दै प्रश्न समेत गरेकी छन । उनले भनिन्, ‘आज मलाई उहाँहरूको राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वप्रति नै गम्भीर शंकार लागिरहेको छ ।
अझ अचम्मको कुरा त के छ भने उहाँ पुनस् नेतृत्वमा आइसकेपछि कड्किएर भनिरहनुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ, ‘र, उहाँहरू भनिरहनुभएको छ कि हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौं । उहाँहरूले बनाउनुभएको कुटी हो र देश रु खुल्ने र ठप्प पार्नलाई ?’वर्तमान अन्तरिम सरकारलाई एमालेले असंवैधानिक भन्दै आएको छ ।
तर, संविधानको पालना एमालेले नै नगर्ने हो भने अब उनीहरूलाई नेपाली भन्ने कि नभन्ने भन्दै प्रश्न गरिन् ।‘जसले अहिलेको अन्तरिम सरकारलाई असंवैधानिक भनिरहनुभएको छ, र संविधानको महिमाको कुरा गरिरहनुभएको छ ।
उहाँहरूले नै संविधानको पालना नगर्ने रु जसले संविधानको पालना गर्दैन हाम्रो मूल कानुनको पालना गर्दैन भने उहाँलाई चाहीँ हामीले यो देशको नागरिक मान्ने कि नमान्ने रु हामी सबैले यस विषयमा गम्भीर हुन आवश्यक छ,झउनले सम्बोधनको क्रममा भनिन् ।


प्रतिक्रिया