गिरिबन्धु टि-स्टेट नजिक बाइक पल्टिँदा २ युवकको मृत्यु

गिरिबन्धु टि-स्टेट नजिक बाइक पल्टिँदा २ युवकको मृत्यु


ग्लोब नेपाल
108
Shares

विराटनगर । पूर्वपश्चिम राजमार्गको बिर्तामोड नगरपालिका-६ गिरीबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे५प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा झापा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर-७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।