ट्रम्पले किन फिर्ता बोलाए नेपालसहित ३० देशका राजदूत

ट्रम्पले किन फिर्ता बोलाए नेपालसहित ३० देशका राजदूत


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसहित ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई स्वदेश फिर्ता बोलाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले आगामी जनवरीभित्र ३० देशमा कार्यरत राजदूतलाई वासिङ्टन फर्किन निर्देशन दिएको हो ।

राजदूतलाई फिर्ता बोलाउने कुनै कारण नदिइएको बताइएको छ । फिर्ता बोलाइएका राजदूतमा अफ्रिकाका एक दर्जनभन्दा बढी छन् भने एशियाका नेपालसहित ६ देशका राजदूतहरू रहेको बताइएको छ । त्यसै चार युरोपेली देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ ।

राजदुत फिर्ता बोलाइएका देशहरूमा नेपाल, अल्जेरिया, अर्मेनिया, बुरुण्डी, क्यामरुन, केप भार्डे, इजिप्ट, फिजी, गाबोन, ग्वाटेमाला, आइभरी कोष्ट, लाओस, मचेडोनिया, माडागास्कर, द मार्शल आइल्याण्ड, मरिसस, मोन्टेनेग्रो, नाइजेरिया, नाइजर, पपुवा न्यूगीनी, फिलिपिन्स, रवान्डा, सेनेगल, स्लोभाकिया, सोमालिया, श्री लंका, सुरिनेम र भियतनामलगायत रहेका छन् ।