काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र भौतिक पूर्वाधार, सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङसँग एकताको आधार तया हुन बाँकी नै रहेको बताएका छन् ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैकिल्पक राजनीतिको पक्षमा रहेका शक्तिहरुबीच एकता जरुरी रहेको बताए ।
विचार मिल्नेबीच एकता प्रयासमा छलफल जारी रहेको उनको उनको भनाइ थियो । ‘नेपाली राजनीतिको केन्द्रमा दुई ध्रुव बलियो बनेर रहेको अवस्था हो’, उनले भने, ‘वैकल्पिक तेस्रो ध्रुव पनि छ है भनेर हामीले काम गरिरहेका छौं । विचार र व्यवहार मिल्नेहरूसँग एउटै बनेर जानुपर्छ भनेर हामी लागेका छौं ।’
शुक्रबार सभापति रवि लामिछाने र दुई उपसभापति डिपी अर्याल र स्वर्णीम वाग्लेले केन्द्रीय कार्यालयमा आएर एकता प्रक्रिया अगाडि बढे पनि दुवैपक्ष के आधारमा सँगै जाने भन्ने तय हुन बाँकी रहेको जानकारी दिएको बताए । उनले वैकल्पिक राजनीतिको बिरासत रास्वपाको नेतृत्वमा अघि बढेको उल्लेख गरे ।


प्रतिक्रिया