काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ राजनीतिमा होमिने भएकी छन् । यसका लागि तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिमा आउनुपर्छ या पर्दैन भन्दै भोट गर्न भनेकी छन् ।
उनलाई ९३ प्रतिशतले राजनीतिमा आउन सुझाएका छन् । यस्तै ७ प्रतिशतले राजनीतिमा नआउन भनेका छन् ।
उनले लेखेकी छन्,’आजभन्दा करिब ७ वर्ष पहिले मैले हाम्रो सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय लिएको थिएँ । मैले यहाँहरूकै भोटिङ पोलमार्फत आएको निर्णयलाई सम्मान गर्दै फाउन्डेसन खोलेको थिएँ ।’
उनले आउँदो संसदीय चुनावमा लड्नलाई उम्मेदवारी दिन फेरि भोटिङ पोलमार्फत आफ्नो मत र भावना प्रकट गर्न सबैलाई अनुरोध गरेकी छन् ।


प्रतिक्रिया