कांग्रेसको समानुपातिक उम्मेदवार बन्दसूची रोकियो

कांग्रेसको समानुपातिक उम्मेदवार बन्दसूची रोकियो


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । निर्वाचन आयोगले तोकेको समय सीमा घर्किसक्दा पनि नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन सकेको छैन । सोमबार राति अबेरसम्म आयोग परिसरमा देखिएको कांग्रेसको टोली सभापति शेरबहादुर देउवाको हस्ताक्षर बिनै पुगेपछि प्रक्रिया लम्बिएको हो ।

आयोगले आइतबार र सोमबार (पुस १३ र १४) का लागि बन्दसूची बुझाउने समय तय गरेको थियो । तर, मंगलबार बिहानसम्म पनि कांग्रेसले सूची दर्ता गराउन सकेन । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूची बुझाउने प्रक्रियामा प्राविधिक ढिलाइ भएको स्वीकार गरेका छन् । उनले भने, ‘हामी आयोग परिसरभन्दा बाहिर छौं, काम अन्तिम चरणमा पुर्‍याउँदैछौं ।’

समानुपातिक सूची बोकेर कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव पौडेल आयोग पुगेका थिए । मंगलबार बिहान करिब ४ बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोगमा थपिए । तर, मुख्य सचिव र सहमहामन्त्रीले बोकेको फाइलमा पार्टी सभापति देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीले बुझ्न मानेनन् ।

त्यसलगत्तै महामन्त्री शर्माले हस्ताक्षर गराउन मुख्य सचिव पौडेल र नेता विश्वकर्मालाई सभापति निवास महाराजगञ्ज पठाएका थिए ।