काठमाडौं । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार शुक्रबारदेखि सो कार्य सुरु भएको हो ।
उहाँले आयोगका कार्यबहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग परिसरमा मतदाता नामावलीको छपाइ कार्यको शुभारम्भ गरेकाे जानकारी दिए ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् फरक परिस्थितिमा गठन भएको सरकारले भदौ २७ गते राति फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय गरेको हो ।
आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार कायक्रम अघि बढाउँदै आएको छ ।
यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति २०८२ माघ ११ गते तय भएको छ ।


प्रतिक्रिया