काठमाडौं । डेमोक्र्याट जोहरान मामदानीले बिहीवार न्युयोर्क शहरको मेयरको रूपमा शपथ लिएका छन् । उनी अमेरिकाको जनसंख्याको हिसावले सबैभन्दा ठूलो शहरको नेतृत्व गर्ने पहिलो मुस्लिम व्यक्ति बनेका छन् । उनले शहरको महँगीको संकट समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
आफ्नो शपथ ग्रहण समारोहमा मामदानीले कामदार वर्गका लागि शहरलाई सस्तो बनाउने आफ्ना चुनावी प्रतिज्ञाहरू दोहो¥याए । यसमा घरभाडा स्थिर गर्ने, धनीहरूलाई बढी कर लगाउने, निःशुल्क बस र बाल हेरचाह सेवा उपलब्ध गराउने, र शहरद्वारा सञ्चालित किराना पसलहरूको परीक्षण शुरु गर्ने योजनाहरू समावेश छन् ।
३४ वर्षीय मेयरले सुरक्षा, किफायती र प्रचुरताको एजेन्डा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । युगान्डामा जन्मेका मामदानीले गत वर्ष नोभेम्बरमा पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गर्दै यो ऐतिहासिक सफलता हासिल गरेका हुन् ।


प्रतिक्रिया