काठमाडौं । उदयपुरमा भूकम्प गएको छ । शनिबार बेलुका १० बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, बागपाटी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि शनिबार नै ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया