प्रचण्ड आज दिल्ली किन जाँदैछन् ?

प्रचण्ड आज दिल्ली किन जाँदैछन् ?


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन्।

विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न ‘प्रचण्ड’ साँझ दिल्ली जान लागेको हो । सन्देश सभालाई सम्बोधन गरेर ‘प्रचण्ड’ भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भने भोलि राखिएको छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, यो भ्रमण नितान्त पार्टी एकतापछिको सन्देश प्रवाहमा केन्द्रित छ । दिल्लीमा रहेका तत्कालीन माओवादी र एकीकृत समाजवादी निकटका प्रवासी नेपाली संगठनहरूले आयोजना गरेको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् ।

सचिव आचार्यले भने, ‘यो कुनै आकस्मिक भ्रमण होइन, एक महिनाअघि नै तय भएको कार्यक्रम हो। प्रवासी नेपालीहरूमाझ पार्टी एकताको सन्देश पुर्‍याउन उहाँ दिल्ली जान लाग्नुभएको हो ।’