सिटौलाको आह्वानः विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनतर्फ लागौं

सिटौलाको आह्वानः विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनतर्फ लागौं


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताएका छन् ।

नेता सिटौलाले पार्टी केन्द्रिय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएकाले नै १५ औ नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको बताएका हुन् । ‘नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य छँदैछैन भनिसकेको छ । पार्टीको नियमित १५ औं महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको छ’ उनले भने ।

उनले पार्टीको नियमित १५ औं महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको बारेमा सबैले ध्यान दिनुपर्ने बताए ।

आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने निर्णय गरिसकेकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । ‘आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने निर्णय गरिसकेको छ । निर्वाचनमा पार्टीका तमाम साथीहरुलाई परिचालित, संगठित हुन आह्वान गरिएको छ । त्यसैले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त छैन भन्ने मलाई लाग्छ’ उनले भने ।

पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको बताए । पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताए ।

उनले भने– ‘यतिबेला पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्छ । पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । हामी अब निर्वाचनतर्फ लाग्नुपर्छ ।’

नेता सिटौलाले विशेष महाधिवेशनतर्फ नलाग्न र निर्वाचनतर्फ लाग्न पार्टीका नेता र कार्यकर्ताहरुसँग आह्वान गरे । १५ औं नियमित महाधिवेशन सफलतापूर्वक सम्पनन्न गर्नेतर्फ लाग्नुपर्ने बताए ।