काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादक समितिको बैठक भोलिसम्मका लागि लम्बिएको छ । समितिका सदस्यहरुले बोल्न क्रम नसकिएकाले भोलि ११ बजे बस्ने गरी आजको बैठक टुंगिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल भएको थियो । आजको बैठकमा सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले धारणा राखेका थिए ।
बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरु अमरसिंह पुन (लुम्बिनी प्रदेश) र बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आ–आफ्नो धारणा राखेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया