कांग्रेसमा विशेष महाधिवेशन पक्षधरद्वारा विभिन्न समिति गठन

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरद्वारा विभिन्न समिति गठन


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । उक्त समूहले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ ।

विशेष महाधिवेशन पक्षधरको मंगलबार बसेको बैठकले समितिहरू गठन गरेको नेता मनोजमणि आचार्यले जानकारी दिए । ‘विभिन्न जिम्मेवारी बाँडफाँट गरेका छौँ,’ उनले भने, ‘आजै पत्रकार ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ ।’

विशेष पक्षधर समूहले समिति गठनबारे विस्तृत जानकारी नदिए पनि स्रोतले आवास तथा भोजनालय समितिको जिम्मा काँग्रेस धादिङका पूर्वसभापति रमेश धमलालाई दिइएको छ ।

यस्तै भ्रातृ, शुभेच्छुक युवा परिचालनको जिम्मा केन्द्रीय सदस्य प्रतिमा गौतम र जनपरिचालन समिति संयोजकको जिम्मा नुवाकोट काँग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसीलाई दिइएको छ ।

स्वयंसेवक परिचालन समितिको जिम्मेवारी मनिष कोइराला र यातायात व्यवस्थापनमा माधव ढकालले पाएका छन् । विशेष पक्षधरले २७–२८ फागुनमा विशेष महाधिवेशन गर्ने तयारीस्वरूप भृकुटीमण्डप बुकिङ गरिसकेका छन् ।