एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ । नेकपा एमालेको मङ्गलवार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

एमालेले प्रत्येक प्रदेशमा १-१ जना उम्मेद्वार रहने गरी काँग्रेससँग सहकार्य गर्ने गरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले कांग्रेससँग गठबन्धनको सिट टुंगो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कांग्रेससँगको छलफल टुंगोमा नपुगेकोले थप छलफल गर्नको लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए ।

उनले भने ‘राष्ट्रिय सभाको सदस्यको लागि नेपाली कांग्रेससँग अहिले पनि छलफल भइरहेको छ । टुंगोमा पुगेको छैन । त्यो टुङ्गामा पुर्याउने र उम्मेद्वार को-कोलाई बनाउने भन्ने अधिकार अध्यक्षलाई दिएको छ । सात वटै प्रदेशमा १-१ जना उम्मेद्वारी दिने हिसाबले गर्ने हिसाबले नेपाली कांग्रेससँग छलफल भएको जानकारी गराउन चाहन्छु ।