बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।