काठमाडौं । मंसिर ८ गते लगभग ३ बजेतिर सिरहाको कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिंचाई नहरबाट उत्तरतिरको झाडीमा सोही पालिकाको वडा नं. १ बाल्टिया बस्ने १७ वर्षकी बालिका मृत फेला परेकी थिइन ।
उक्त घटनाको प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो, मधेश प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय जनकपुर र सिरहा, इलाका प्रहरी कार्यालय, मिर्चैया र इलाका प्रहरी कार्यालय, बन्दिपुरले अनुसन्धान गरेको थियो । संयुक्त टोलीले सूक्ष्म अनुसन्धानपश्चात सो घटनामा संलग्न धनुषा छिरेश्वरनाथ–३ बटैया टोल बस्ने ४५ वर्षका राम बालक चौधरीलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
चौधरीलाई करणीपछि हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राम बालक चौधरीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।


प्रतिक्रिया