काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरूबिचको लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल गर्ने सहमति जुटेसँगै कांग्रेसले आफ्नो भागमा परेका उम्मेदवार चयन गरेको हो ।
तीन दल बिचको नयाँ सहमति अनुसार रिक्त रहेका सिटहरूमा भागबन्डा मिलाइएको छ । जसअनुरूप नेपाली कांग्रेसले ९ सिट, नेकपा एमालेले ८ सिट र जसपा नेपालले १ सिट लिने गरी तालमेल भएको छ ।
तालमेलमा सहभागी नेकपा एमालेले मधेश प्रदेश बाहेक अन्यत्रका आफ्ना उम्मेदवारहरूको नाम यसअघि नै करिब टुंग्याइसकेको बुझिएको छ । यस्तै, एक सिट पाएको जनता समाजवादी पार्टी (जसपा) नेपालले भने वरिष्ठ नेता महन्थ ठाकुरलाई राष्ट्रिय सभामा पठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
प्रदेशगत रूपमा को-को परे कांग्रेसको रोजाइमा ?



प्रतिक्रिया