देउवा निवास महाराजगञ्ज पुगे लिङ्देन

देउवा निवास महाराजगञ्ज पुगे लिङ्देन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर दे‍उवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट वार्ता भएको छ । देउवालाई भेट्न लिङ्देन उनको निवास पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठलाई साथमै लिएर पुगेका हुन् ।

लिङ्देन दिउँसो अपराह्न ४ बजे देउवा निवास महाराजगञ्ज पुगेका थिए । उनीहरूबीच आधा घण्टा छलफल भएको हाे ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन् । राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ । उनीहरूबीच आसन्न प्रतिनिधि सभा र पछिल्लो राजनीतिक गतिविधिबारे छलफल भएको छ ।