काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्षसहित चार जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका अध्यक्ष मनोज कुमारसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, तत्काली लेखापाल सञ्जय पटेल, पर्साको विज्ञापन एजेन्सी के एस मल्टिपर्पाेज प्राली र कम्पनीका सञ्चालक कमलकुमार उपाध्यायविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले गाउँपालिकाको ट्युबवेल जडान, स्टेडियम निर्माण, चार कोठे भवन निर्माण कार्यक्रमका लागि बोलपत्र आह्वान गर्दा झुटा सूचना प्रकाशित गरि अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले उनीहरूविरुद्ध जनही चार लाख २९ हजार चार सय रुपैयाँ बिगो मागदाबी गरेको छ ।


प्रतिक्रिया