विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति हुन कांग्रेस ललितपुरको आग्रह

विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति हुन कांग्रेस ललितपुरको आग्रह



काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले यही पुस २७ र २८ का लागि घोषित विशेष महाधिवेशनमा सहभागी हुन जिल्लाका महाधिवेशन प्रतनिधिहरूलाई आग्रह गरेका छन् ।

“नेपाली कांग्रेसको विधानको धारा १७ (२) बमोजिम मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताको लागि ललितपुर जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दछौँ,” श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विधिवत ढंगले माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रूपमा सम्बोधन गरी विधि र पद्दति कार्यान्वयनतर्फ उन्मुख गराएको भन्दै महामन्त्रीद्वयलगायत केन्द्रीय नेतृत्वलाई कृतज्ञता व्यक्त गरेका छन् ।