नेचर हब संस्थाका कर्मचारी पिकनिकबाट फर्कँदा बस दुर्घटना, ४ जनाको मृत्यु

नेचर हब संस्थाका कर्मचारी पिकनिकबाट फर्कँदा बस दुर्घटना, ४ जनाको मृत्यु


ग्लोब नेपाल
297
Shares

काठमाडौं । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये एकजना ५५ वर्षीया शान्ति गुप्ता रहेको खुलेको छ । अन्यको सनाखत हुन बाँकी रहेको छ ।

बुधबार साँझ करिब ६ बजेतिर शङ्खरापुर नगरपालिका-३ फेदी जङ्गलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनामा करिब ४० जना घाइते भएको प्रहरीको भनाइ छ । नेचर हब भन्ने संस्थाका कर्मचारी पिकनिक गएर फर्कँदा बस दुर्घटनामा परेको थियो ।

बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको र घाइतेहरुलाई विभिन्न ८ वटा अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।