निर्वाचन प्रहरीमा भर्ना खुल्यो, यस्ता छन् सुविधा, के चाहिन्छ योग्यता ?

निर्वाचन प्रहरीमा भर्ना खुल्यो, यस्ता छन् सुविधा, के चाहिन्छ योग्यता ?


ग्लोब नेपाल
243
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरीको भर्ना आवेदन माग गरेको छ । भर्ना माघ ४ गतेबाट खुल्दैछ । निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान भएको छ ।

निर्वाचनमा ४० दिनको सेवा-सुविधा दिने गरी निर्वाचन प्रहरी प्रहरी खटाइने छ । उनीहरूलाई प्रहरी जवानको सुरु स्केलको तलबअनुसार ४० दिनको सेवा-सुविधा दिइने छ । यसका लागि सरकारले ७ अर्ब १३ करोड २५ लाख ८९ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

भर्ना हुन चाहिने योग्यता
उमेर हद

दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको । (जन्म मितिः २०२८।१०।१ गतेदेखि २०६४।१०।१० गतेसम्मको हुनुपर्छ ।

आवश्यक योग्यता
१. नेपाली नागरिक,

२. साधारण लेखपढ गर्न जान्ने,

३. नैतिक पतनदेखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,

४. भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको,

५. शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको,

६. आतंककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको,

७. पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च, तौल ४२ केजी भएको,

८. महिलाको हकमा गर्भवती नभएको–नरहेको ।

प्राथमिकता
१. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सेवाको निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षक भएको ।

२. नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा वि.सं. २०८१ माघ १ गतेदेखि २०८२ पौष मसान्तसम्म विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्तुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएको हकमा प्रवेश पत्र पेस गर्ने व्यक्ति ।

३. यसअघि सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक काम गरेको व्यक्ति,

४. विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक