एकैदिन तोलामा २ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा २ हजारले घट्यो सुनको मूल्य


ग्लोब नेपाल
243
Shares

काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा बिहीबार उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले सस्तिएको हो ।

यो गिरावटसँगै बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सुनसँगै चाँदीको भाउमा पनि गिरावट देखिएको छ । अघिल्लो दिन (बुधबार) हालसम्मकै महँगो अर्थात् प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी, बिहीबार तोलामा १०० रुपैयाँले घटेको छ ।