काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिदाइ भेट गरेका छन् । बिहीबार शीतल निवासमा उनले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेका हुन् ।
भेटमा उनीहरूबिच नेपाल र अमेरिकाबिच रहिआएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवाद दिए ।


प्रतिक्रिया