काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सुरक्षाका लागि सरकार जिम्मेवार रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नवयुवाहरूलाई भड्काएर हिंसा सिर्जना गर्नेहरू पनि बिस्तारै चुनावको पक्षमा आएको बताए । चुनाव सुरक्षित, निष्पक्ष ढङ्गले हुने भन्दै उहाँले चुनाव नै एकमात्र र सही विकल्प भएको उल्लेख गरे ।
आन्दोलनका क्रममा लुटिएका केही हतियारहरू बाहिर रहेको तर चुनाव नै रोकिने गरिकन हतियार बाहिर नरहेको गृहमन्त्री अर्यालले बताए । चुनावमा राज्यको लगानी धेरै भइसकेकाले अब फर्किने छुट नरहेको उनको भनाइ छ ।
उनले भने, ‘सरकार चुनावको विषयवस्तुमा जिम्मेवार छ । दण्डहीनता गृह मन्त्रालयले रहन दिँदैन । सुरक्षामा कुनै कमजोरी छैन । बाहिर अफवाह विभिन्न फैलिएका छन् । तर त्यो अन्तिम सत्य होइन । चुनाव सुरक्षित, निष्पक्ष ढङ्गले हुन्छ ।’


प्रतिक्रिया