काठमाडौं । नेपाली कांग्रेसभित्र महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गरेपछि उत्पन्न आन्तरिक विवादलाई साम्य पार्न नेतृत्व तह सक्रिय भएको छ । यसै सन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (शुक्रबार) विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे हुने उक्त पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्कासँगै नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ । पार्टीभित्र देखिएको पछिल्लो विवाद र नेतृत्वको आधिकारिक धारणा सार्वजनिक गर्न यो सम्मेलन आयोजना गरिएको हो ।


प्रतिक्रिया