काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । एघारौँ महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिको यो दोस्रो पूर्ण बैठक हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले दिएको जानकारी अनुसार, बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे सुरु हुनेछ । यसपटकको बैठकमा सहभागी हुन आउने केन्द्रीय सदस्यहरूका लागि एमालेले विशेष निर्देशन जारी गरेको छ ।
बैठकमा उपस्थित हुँदा अनिवार्य रूपमा आफ्नो नेपाली नागरिकताको प्रतिलिपि (फोटोकपी) साथमा ल्याउन सदस्यहरूलाई सूचित गरिएको सचिव अधिकारीले बताए । पार्टीको एघारौँ महाधिवेशन सम्पन्न भएपछि नवनिर्वाचित कमिटीको पहिलो बैठक गत पुस ४ गते बसेको थियो ।


प्रतिक्रिया