पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ आजदेखि बिक्री खुला

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ आजदेखि बिक्री खुला


ग्लोब नेपाल
81
Shares

काठमाडौँ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आजदेखि प्राथमिक सेयर (आईपीओ)बिक्री खुला गरेको छ ।

कम्पनीले प्रभावितका रूपमा उद्योग रहेको क्षेत्र नवलपरासी पश्चिम, खानी रहेको क्षेत्र पाल्पा, रुपन्देहीस्थित देवदह नगरपालिकाका स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बिक्री तथा खुला गरेको छ ।

प्रभावित क्षेत्रका स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारमा रहेकालाई ५ लाख ६२ हजार ५ सय कित्ता सेयर खुलेको हो । दुवै पक्षले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

प्रभावित स्थानीयले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, वैदेशिक रोजगारमा रहेकाले छिटोमा पुस ३० गतेसम्म र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।