काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदाे चुनावकाे तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गरेकी छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा आउँदाे फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने विषयमा कुराकानी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गएकाे भदाैमा भएकाे नवयुवा आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले चुनावलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिएकी छन् । उनले निर्वाचन आयोगलाई चुनावकाे तयारी तीव्र पार्न आग्रह गर्दै सबै पक्षलाई चुनाव प्रक्रियामा सहभागी हुन अपील पनि गरेकी छन् ।


प्रतिक्रिया