पोखरा । पोखरा महानगरपालिका–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासी विरोध जनाएका छन् । स्थानीयको विरोधका कारण पोखराको अवस्था तनावग्रस्त बन्न पुगेको छ ।
पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी पोखरा–३३ को झाँक्रीबगरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएपछि स्थानीय विरोध जनाएका हुन् ।
प्रभावित क्षेत्रका नागरिकलाई बेवास्ता गरी सो ठाउँमा फोहोर प्रशोधन केन्द्र बनाउन नदिने भन्दै वडा कार्यालयमा तालाबन्दी र तोडफोड गर्न लागेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा स्थानीयले वडाध्यक्ष रामचन्द्र अधिकारीको गाडी तोडफोड गर्न लागेका थिए ।
आफ्नो गाडी तोडफोड गर्न लागेपछि वडाध्यक्ष अधिकारी खुकुरी बोकेर निस्किएका थिए । वडा र आफ्नो गाडी तोडफोड भएपछि जंगिदै वडाध्यक्ष नै खुकुरी लिएर निस्किएपछि स्थिति थप तनावग्रस्त बनेको थियो । घटनापछि वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया