सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौं: ट्रम्प

सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौं: ट्रम्प


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नका लागि सजिलो वा कठिन तरिकाले सम्झौता गर्ने बताए ।

ह्वाइट हाउसले ग्रीनल्याण्डका बासिन्दाहरूलाई अमेरिकामा सामेल हुन सहमत गराउन पैसा तिर्नेबारे विचार गरिरहेको भन्ने सञ्चार माध्यमको रिपोर्टबारे सोधिएको प्रश्नमा ट्रम्पले आफू अहिले ग्रीनल्याण्डका लागि पैसाको बारेमा कुरा नगरिरहेको बताए ।

अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकाका लागि डेनिस राजदूत जेस्पर मोलर सोरेन्सन र अमेरिकाका लागि ग्रीनल्याण्डका प्रतिनिधि प्रमुख ज्याकोब इबोसेथसेनले बिहीबार ह्वाइट हाउसका अधिकारीहरूसँग भेट गरेका थिए ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ग्रीनल्याण्डको मागका सन्दर्भमा अमेरिकी सेनाको उपयोग सधैं एक विकल्प रहेको बताएको छ । ग्रीनल्याण्ड र डेनमार्क दुवैले यो टापु बिक्रीका लागि नभएको स्पष्ट पारेका छन् ।