नवलपुर(नवलपरासी) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ले स्वदेशमै रोजगारी सृजना गर्ने आफूहरूको प्रयास रहेको बताएका छन्। नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताए।
“हाम्रो प्रयास सकेसम्म स्वदेशमै रोजगारी सृजना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो”, उनले भने, “उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाका लागि मात्रै नभई रोजगारी सृजना गर्न र राष्ट्रको विकासका लागि काम गर्दै आएका छन् ।”
नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि निजी क्षेत्र हर बखत तयार रहेको बताए।


प्रतिक्रिया