कांग्रेस विशेष महाधिवेशन : ६२ प्रतिशतले गरे नाम दर्ता

कांग्रेस विशेष महाधिवेशन : ६२ प्रतिशतले गरे नाम दर्ता



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२ प्रतिशत प्रतिनिधि सहभागी भएर नाम दर्ता गराएका हुन् । देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । यसको ६२.४ प्रतिशत भनेको २९०० भन्दा बढी हुन आउँछ ।

असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएको थियो । कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

संस्थापनको बेवास्तापछि विधानको उक्त दफालाई टेकेर कांग्रेसलाई पुनर्जागरण गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरू भएको हो ।