काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुन र चाँदीको मूल्यले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको भू-राजनीतिक उथलपुथल र अस्थिरताका कारण आन्तरिक बजारमा पनि सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्यमा एकैदिन प्रतितोला ४ हजार १ सय रुपैयाँको भारी वृद्धि भएको छ । नयाँ दर निर्धारण भएसँगै छापावाल सुनको कारोबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको भाउले पनि नयाँ उचाइ छोएको छ । आइतबारको तुलनामा प्रतितोला २०५ रुपैयाँले बढेर चाँदी ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ९९० रुपैयाँमा स्थिर रहेको थियो ।


प्रतिक्रिया