देउवाले बोलाए आफूनिकट केन्द्रीय सदस्यलाई महाराजगञ्ज

देउवाले बोलाए आफूनिकट केन्द्रीय सदस्यलाई महाराजगञ्ज



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएका छन् ।

आज अपराह्न ३ बजेका लागि बैठकमा उपस्थित हुन सन्देश आएको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार बैठक महाराजगञ्जस्थित देउवानिवासमा हुनेछ ।

यता महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ ।