काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताएका छन् । सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताए ।
उनले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताए । पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी बनाउने गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
सभापति शेरबहादुर देउवाले एकजुट भएर काँग्रेस अघि बढ्नुपर्ने बताएको जानकारी दिए । ‘महामन्त्रीज्युहरु पनि हाम्रै पार्टीको महामन्त्री हो । पार्टीलाई फुटको संघारमा नलैजाऔँ । संवाद गरौँ । निष्कर्ष पार्टीलाई के गरी बलियो बनाउन सकिन्छ त्यो गरौँ । मेरो गोरुको बाह्रै टक्का जस्तो गरी हामी नअल्झिऔँ । यो पार्टीलाई अझ सुदृढ बनाउन र निर्वाचनमा फेरि पहिलो काँग्रेस बनाउन फुटेर नभइ जुटेर अघि बढ्नुपर्छ । पार्टीका साथीहरुलाई एक बनाउन सबै लाग्नुहोला । मलाई फुटेको मन छैन । अन्तिम प्रयास पनि जारी रहेको छ’ उनले भने ।
उनले भृकुटीमण्डपमा गएर पनि केही संवाद गरेर पार्टी एकता हुने भए त्यसबारेमा पनि छलफल गर्न सकिने बताए ।


प्रतिक्रिया