प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेसको महामन्त्री चयन

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेसको महामन्त्री चयन


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्वाचित गरेको छ ।भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रक्रियाअनुसार महामन्त्री पदमा आज बिहान दर्ता भएको उम्मेदवारीका आधारमा उनीहरू चयन भएका हुन् ।

विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरेको मात्र उम्मेदवारी परेको र उनीहरू निर्विरोध चयन भएका बताए । अन्य पदाधिकारीहरूको टुंगो भने अझै लाग्न बाँकी रहेको छ । सभापति पदमा गगनकुमार थापाको एकल उम्मेदवारी दर्ता भएको छ ।

यसअघि संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्कासन गरेको थियो । दुवै पक्षले निर्वाचन आयोगमा आ–आफ्नो दाबीसहित पत्र पठाइसकेका छन् ।

विशेष महाधिवेशन पक्षले बहुमत महाधिवेशन प्रतिनिधिसँगै रहेको र यसबाट चयन हुने समिति नै आधिकारिक हुने दाबी गरिरहेको छ । यता संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आएको छ ।