काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुनः निर्वाचन आयोगमा पुगेका छन्। बिहान कार्यवाहक सभापति खड्कासहित ठुलो संख्यामा सभापति शेरबहादुर देउवा निकट नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका थिए।
त्यतिबेला उनीहरूले विशेष महाधिवेशन गर्न केन्द्रीय समितिबाट निर्णय नभएको जानकारी गराउँदै आधिकारिकता दिनुपर्ने बताएका थिए। दिउँसो विशेष महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरू पनि निर्वाचन आयोग पुगेका थिए।
आयोगमा विशेष महाधिवेशन गर्नुपर्ने अवस्था, पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनबारे नै विस्तृतमा जानकारी गराउँदै पार्टीको आधिकारिकता दाबी गरेको थियो।
निर्वाचन आयोगमा विशेष महाधिवेशनबाट निर्वाचित टोली पुगेपछि कार्यवाहक सभापति खड्काले सानेपामा पत्रकार सम्मेलन गरेका थिए। त्यहाँबाट उनी पुनः निर्वाचन आयोगको कार्यालय पुगेका थिए।
उनीसँगै नेताहरू रमेश लेखक लगायत पनि सँगै पुगेका छन्। निर्वाचन आयोगको मूल ढोका बन्द गरी त्यहाँ प्रहरी तैनाथ गरिएको छ। परिसरमा गगन थापा पक्षका नेताहरू प्रदर्शन गरिरहेका छन्।


प्रतिक्रिया