भक्तपुरमा छोराले गरे आमाको हत्या

भक्तपुरमा छोराले गरे आमाको हत्या


ग्लोब नेपाल
270
Shares

काठमाडौं । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिएका छन ।

धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका । छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले जानकारी दिएका छन ।

आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।