ग्रीनल्यान्ड लिने विषयमा विरोध गर्ने देशमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की

ग्रीनल्यान्ड लिने विषयमा विरोध गर्ने देशमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिएका छन् । ह्वाइट हाउस बैठकका क्रममा ट्रम्पले ग्रीनल्यान्डबारे आफ्नो उद्देश्यमा विरोध गर्ने देशहरूमाथि कर लाग्नसक्ने बताएको बीबीसीले जनाएको छ । ग्रीनल्यान्ड नेटो सदस्य रहेको डेनमार्कको अर्धस्वायत्त क्षेत्र हो ।

ट्रम्पको योजनामा डेनमार्क र ग्रील्यान्डसँगै अरू देशहरूले पनि विरोध गरेका छन् । अमेरिकाले यसअघि नै त्यहाँ सय जना भन्दा बढी सैनिकहरूलाई स्थायी रूपमा राखेको छ । डेनमार्कसँगको विद्यमान सम्झौता अनुसार अमेरिकाले चाहे जति सैनिकहरू त्यहाँ लैजान सक्ने अधिकार रहेको राख्छ । तर ट्रम्पले रुस वा चीनको सम्भावित आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्न अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने बताउँदै आएका छन् ।

डेनमार्कले सैन्य कारबाहीले उत्तर एट्लान्टिक सन्धि सङ्गठनको अन्त्य हुने चेतावनी दिएको छ । युरोपेली साझेदारहरूले डेनमार्कको समर्थन गरेका छन् । फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड र बेलायतले आफ्ना सैनिकको सानो समूह ग्रीनल्यान्ड पठाएका छन् ।