थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, पावरप्लेमा नेपालको ठोस सुरुवात

थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, पावरप्लेमा नेपालको ठोस सुरुवात


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । पहिलो ६ ओभरमा नेपालले एक विकेट गुमाएर ५२ रन जोडेको छ । ओपनर ब्याट्सम्यान सोनु खड्काले विस्फोटक ब्याटिङ गर्दै १० बल खेल्दै २६ रन बनाइन आउट भइन् । अर्का ब्याट्सम्यान विन्दु रावलले २३ बल खेल्दै २२ रन बनाएकी छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ ।