काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख नेकपा (एमाले) ले आज राजधानीमा ‘शक्ति प्रदर्शन’ गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामाप्रदर्शन हुन लागेको हो ।
राजधानीको भृकुटीमण्डपबाट मध्यान्ह १२ बजे सुरु हुने जनप्रदर्शनले नगरका विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम छ । बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलका अनुसार भृकुटीमण्डपबाट सुरु भएको र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर विशेष चुनावी सभामा परिणत हुनेछ ।
उक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । निर्वाचनको तयारीस्वरूप एमालेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुङ्गो लगाइसकेको छ ।


प्रतिक्रिया