थाइल्यान्डसँग नेपाल ८ विकेटले पराजित

थाइल्यान्डसँग नेपाल ८ विकेटले पराजित


ग्लोब नेपाल
243
Shares

काठमाडौं । आगामी जुन-जुलाईमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपका लागि जारी ग्लोबल छनोटमा नेपालले नमीठो सुरुवात गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो । १२३ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्डले मात्र २ विकेट गुमाउँदै १६.५ ओभरमा लक्ष्य भेट्टायो ।