विश्वराज पोखरेल ओखलढुंगाबाट रास्वपा उम्मेदवार

विश्वराज पोखरेल ओखलढुंगाबाट रास्वपा उम्मेदवार


ग्लोब नेपाल
243
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ओखलढुंगाबाट विश्वराज पोखरेललाई टिकट दिएको छ । प्रहरी सेवाको उच्च पदमा पुग्ने बेलामा अन्यायमा परेका पोखरेल राजीनामा दिएर राजनीतिमा होमिएका हुन् ।

तत्कालीन शेरबहादुर देउवा सरकारले पोखरेलभन्दा १६ महिना जुनियर एआईजी धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि उनले पदबाट राजीनामा दिएका थिए । प्रहरी सेवामा रहँदा क्लिन छवी बनाएका पोखरेल ओखलढुंगाबाट उम्मेदवार बन्ने चर्चा यसअघि नै चलेको थियो । रास्वपाले आइतबार मात्र पोखरेलको हातमा टिकट थमाएर भोलि मंगलबार हुने मनोनयका लागि ओखलढुंगा पठाएको हो ।

पोखरेल आजै ओखलढुंगा प्रस्थान गर्ने र रास्वपाको पक्षमा माहोल बनाउन दौडधुप गर्ने उनका सहयोगीहरुले बताएका छन् ।