काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएर प्रत्यक्ष राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
मन्त्री पुनले म्याग्दी पुगेरै आफ्नो राजीनामा पत्र पठाएका थिए । सत्ताको बागडोर सम्हालिरहेकै अवस्थामा मन्त्री पद त्याग गरी उनी चुनावी प्रतिस्पर्धामा उत्रिएपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ ।
कुनै दल विशेषको ओत नलागी पुनले ‘स्वतन्त्र’ रूपमा आफ्नो चुनावी यात्रा तय गरेका छन् । म्याग्दीको विकास र समृद्धिका एजेन्डासहित चुनावी मैदानमा ओर्लिएका उनले प्रतिनिधिसभामा आफ्नो उपस्थिति बलियो बनाउन कसरत सुरु गरिसकेका छन् ।


प्रतिक्रिया