रुसी सुरक्षा निकायद्वारा उफामा आतङ्कवादी हमलाको प्रयास विफल

रुसी सुरक्षा निकायद्वारा उफामा आतङ्कवादी हमलाको प्रयास विफल


ग्लोब नेपाल
162
Shares

काठमाडौं । रुसी सुरक्षा निकायले दक्षिणपूर्वी सहर उफामा एउटा योजनाबद्ध आतङ्कवादी हमलालाई विफल पारेका छन् । जसमा एक संदिग्धको मृत्यु भएको छ भने अर्का एक जनालाई हिरासतमा लिइएको छ । बुधबार स्थानीय सञ्चारमाध्यमहरूले सो कुराको जानकारी दिएका हुन् ।

तास समाचार एजेन्सीलाई उद्धृत गर्दै रुसको सङ्घीय सुरक्षा सेवाले बताएअनुसार रुसमा प्रतिबन्धित एक आतङ्कवादी सङ्गठनका दुई सदस्यले बास्कोर्टोस्तान गणतन्त्रको राजधानी उफामा प्रहरीलाई लक्षित गरी हमलाको तयारी गरिरहेका थिए । रिपोर्टका अनुसार संदिग्धहरूले सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्नका लागि एउटा घरेलु विस्फोटक उपकरण बनाउने योजना बनाएका थिए ।

एक संदिग्धले अधिकारीहरूमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनी मारिएका थिए । उनको साथबाट एउटा स्वचालित राइफल बरामद गरिएको छ । यस अभियानका क्रममा कुनै पनि सुरक्षाकर्मी वा सर्वसाधारण घाइते नभएको बताइएको छ ।